२० कार्तिक २०८१, मंगलबार

खाबुमा पहिरोले पुरिएर बालकको मृत्यु , आमाको अबस्था गम्भीर

कान्छो खवर । मंगलबार, आषाढ २६, २०८१

खाबुस्थित तोरिबारी

गाईघाट २५ असार ।

पहिरोले पुरिएर खाबुमा मंगलबार बिहान एक बालकको मृत्यु भएको छ। बालकको आमा गम्भीररूपमा घाइते भएकोले अहिले उपचारको लागि जिल्ला अस्पताल उदयपुर तर्फ ल्याउदै गरेको वडाअध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

राति देखि परेको मुसलधारे बर्षाको कारण त्रियुगा नगरपालिका १५ खाबुस्थित तोरीबारीमा बिहान ७ बजे गएको पहिरोले चेतन मगरको घर पुरीदा उनकी बर्ष ९ कि छोरी रुपकलाको घटनास्थल मै मृत्यु भएको हो ।पहिरोले पुरिएर श्रीमती ३५ बर्षिया हिरा मगर गम्भीररूपमा घाइते भएकी छिन । अर्को एक छोरा भने सामान्य घाइते भएको तिमिल्सिनाले बताए ।

मुसलधारे बर्षा पछी उक्त गाउँमा अहिले चारैतिर पहिरो गइरहेको उनले बताए ।बिहान पहिरो जान थाले पछी आसपासको गाउ बाट स्थानिय बासिन्दाहरु उद्वारको लागि घटना स्थलमा पुगेका थिए ।

तोरीबारीमा अहिले पनि चारैतिर बाट पहिरो गइरहेकोले थप क्षेति नहोस् भन्न्को लागि बस्ती अन्यत्र सार्ने तयारी भैरहेको वडाअध्यक्ष तिमिल्सिनाले बताए ।१२ घर परिवारलाई सुरक्षित स्थानमा सार्नको लागि अहिले ठाउ खोजी भैरहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्