कान्छो खवर । बिहिबार, आषाढ २१, २०८१

गाईघाट २० असार ।
उदयपुरको लिम्चुङबुङ गाउपालिका भित्र आगामी असोज १५ गते देखि शिसाजन्य मदिरा , पेय पदार्थ र सुर्तीजन्य चुरोट र गुट्खा आयात र सेबन गर्न नपाइने भएको छ।
मंगलबार बसेको अठारौ कार्यपालिकाको बैठकले त्यसको निर्णय गरेको बिहिवार प्रमुख प्रशाकिय अधिकृत योगेन्द्र गुरुङ द्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ। सबै सरोकारवालाहरुलाई जानकारीको लागि भन्दै जारी गरिएको पत्रमा प्रतिबन्ध गरिएको सम्बन्धि सूचना भनिएको छ ।
पत्रमा असोज १५ गते देखि लागू हुने गरि बाहिर बाट आयात गरिएको बियर , मदिरा , कोक फेन्टा , रेडबुल , डिउ , सुर्ति , चुरोट र गुट्खा आयात र सेबनमाथि प्रतिबन्ध लगाइएको उल्लेख छ ।
आयातीत ति पदार्थको सेबनले लिम्चुङबासीहरुको स्वास्थमा गम्भीर असर पारी रोगी बनाउने , स्थानिय अर्थतन्त्रलाई कमजोर बनाउने , महिला तथा घरेलु हिंसा उत्पन्न गर्ने र गाउलाई विघटन बनाउन प्रत्यक्ष असर पार्ने भएको हुदा बिक्रीवितरण तथा सेबनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको उल्लेख गरिएको छ।
अध्यक्ष मेजर राईको अध्यक्षतामा बसेको बैठकले गाउबासीहरुलाई रोग बाट बचाउन र आर्थिक सुधार गर्न असोज १५ देखि लागुहुने उल्लेख छ।