०७ साउन २०८१, सोमबार

छात्रा बलात्कार गरेको बिरोधमा खोटाङमा बिध्यार्थिको प्रदर्शन

कान्छो खवर । बुधबार, आषाढ २०, २०८१

फोटो : डम्बर सिह राई

गाईघाट १९ असार ।

खोटाङमा एक १३ बर्षिया छात्रा माथि शिक्षक द्वारा भएको बलात्कारको बिरोधमा बालबालिकाहरुले सदरमुकाम दिक्त्तेलमा प्रदर्शन गरेका छ्न ।

हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीस्थित ज्योती माबिकी १३ बर्षिया छात्रालाई उक्त बिद्यालयका शिक्षक ५८ बर्षिय शम्भुप्रसाद घिमिरेले बलात्कार गरेको बिरोधमा मंगलबार बिध्यार्थिहरुले प्रदर्शन गरेका हुन ।

बैज्ञानिक समाजबादी बिध्यार्थि संगठनको नेतृत्वमा भबन गौराबाट निस्किएको बिध्यार्थिहरुको जुलुसले बजार परिक्रमा गर्दै किरात चौकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।बिध्यार्थि बक्ताहरुले बलात्कारमा सङलग्न शिक्षक घिमिरेलाई कडा कार्बाहिको माग राख्दै पीडित बालिकालाई क्षतिपुर्ति दिनु पर्ने माग राखेका थिए ।

प्रहरीले उक्त बलात्कार घटनामा सङलग्न शिक्षक घिमिरेलाई असार १५ गते पक्राउ गरि १६ गते अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्