०७ साउन २०८१, सोमबार

प्रेस युनियनले पत्रकार महासंघ उदयपुर शाखा परिसरमा २ घन्टा धर्ना दिए

कान्छो खवर । सोमबार, आषाढ १८, २०८१

गाईघाट १७ असार ।

नेपाल प्रेस युनियन उदयपुरले सोमबार पत्रकारमहासंघ उदयपुर परिसरमा दुई घन्टा धर्ना दिएका छ्न ।सदस्यता बिबादमा आन्दोलनरत युनियनको केन्द्रिय निर्णय अनुसार आज देश भरि नै ११ बजे देखि १ बजे सम्म पत्रकार महासंघको शाखा , प्रदेश र केन्द्रमा युनियन आबद्ध पत्रकारहरुले घर्ना दिएका हुन् ।

पत्रकार महासंघले आफ्नै सरचना शाखा र प्रदेशले सिफारिस गरेको सदस्य ता काटेर चोर बाटोबाट सदस्य थप गरी मतदाता नामाबली सार्वजनिक भए पछी युनियन आन्दोलनमा उत्रिएको हो ।

युनियनले महासंघको बिधान बिपरित थपिएका गैर पत्रकारहरुलाई सदस्यता बाट हटाउनु पर्ने , महासंघकै शाखा र प्रदेशले गरेको सिफारिस सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आबेदन दिएका सदस्यहरुको सदस्यता कायम गर्न माग गर्दै युनियनले केन्द्रिय कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएको उदयपुर शाखाका सचीव बिश्व बाबु तामाङले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्