०७ साउन २०८१, सोमबार

मनिशा फुयाल ३.९५ जीपिए ल्याएर जिल्ला प्रथम भइन

कान्छो खवर । शुक्रबार, आषाढ १५, २०८१

गाईघाट १४ असार ।

उदयपुरमा एक मात्र विद्यार्थीले ३.९५ जीपिए ल्याएर जिल्ला प्रथम भएकी छिन् ।चौदण्दिगढि नगरपालिका ८ हडिया स्थित जनता माद्यामिक बिद्यालय की छात्रा मनिशा फुयालले बिहीबार प्रकाशित नतिजामा ३.९५ जीपिए ल्याएकी हुन् ।

मनिशाले निकै मेहनत गरेर परिक्षा दिएको बताइन् ।.५ प्रतिशतले गर्दा ४ जीपिए आउन नसकेको उनले बताइन् । अब उच्च शिक्षा अध्यन निकै मिहिनेत साथ गर्ने उनले बताइन् ।उनलाई बिहीबार नै बिध्यालयले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको थियोे ।

अङ्ग्रेजी माध्यम बाट मात्रै पठनपाठन हुने उक्त बिद्यालयले २०८० को एसईई परिक्षामा राम्रो नतिजा हासिल गरेको छ। जिल्ला भरी अरु बिद्यालयको तुलनामा नतिजा राम्रो ल्याएको प्रअ राम बहादुर राउतले बताए ।उनले बिद्यालय बाट ४३ प्रतिशतले उतिर्ण गरेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्