०७ साउन २०८१, सोमबार

एसईईको नतिजा प्रकाशित

कान्छो खवर । बिहिबार, आषाढ १४, २०८१

गाईघाट १३ असार ।

परीक्षा नियन्त्रण कार्यालयले एसइइको परीक्षाको नतिजा प्रकासन गरेको छ। बिहिवार बिहान प्रकाशित नतिजा अनुसार परीक्षामा समाबेश भएका विद्यार्थीहरु मध्य ४७.८६ प्रतिशत विद्यार्थीहरु मात्र उतिर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

गत चैत १५ गते देखि सुरु भएको एसईई परीक्षामा नियमित तर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थि सहभागी भएका थिए । प्रकाशित नतिजा अनुसार नियमित तर्फ २ लाख ४२ हजार ४२ जना उतिर्ण भएका हुन ।१८६ जनाले ४.० जिपिए ल्याएको नतिजामा उल्लेख छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ५२.१४ प्रतिशत विद्यार्थीहरु अनउतिर्ण भएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्