०७ साउन २०८१, सोमबार

पुराना काठ ब्याबसायि चौधरीको निधन

कान्छो खवर । आइतबार, आषाढ १०, २०८१

गाईघाट ९ असार ।

सामुदायिक बन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष काठ ब्याब्सायि अशोक चौधरीको आइतबार बिहान निधन भएको छ। बिराटनगर स्थित न्युरो अस्पतालमा उपचारको क्रममा बिहान ९ बजे चौधरीको निधन भएको हो ।

गत जेष्ठ १२ गते सप्तरीको सप्तकोशी नगरपालिका ३ फत्तेपुर स्थित निवासमा उच्च रक्तचापको कारण ब्रेन ह्यामरेज भए पछि तत्काल उपचारको लाई न्युरो अस्पताल बिराटनगर लगिएको थियोे । आइसियुमा राखेर उपचार भैरहेकोमा चौधरीको बिहान निधन भएको काठ ब्यापारी राजेश कार्कीले बताए ।

५४ बर्षिय चौधरी उदयपुरका पुराना काठ ब्याबसायि समेत हुन ।उनको श्रीमती , एक छोरा एक छोरी समेत छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्