१२ बैशाख २०८२, शुक्रबार

त्रियुगा नगरपालिका र स्थानिय बासिन्दा बीच फोहोर ब्यबस्थापनमा सहमति , आजै देखि नगरको फोहोर उठाउन थालियो

कान्छो खवर । शुक्रबार, आषाढ ०८, २०८१

नगरप्रमुख बस्नेत र स्थानिय बीच छलफल

गाईघाट ७ असार ।
त्रियुगा नगरपालिकाले स्थानिय बासिन्दाको माग सम्बोधन गर्ने भए पछि शुक्रबार देखि नगरक्षेत्रको फोहोर उठाउन थालिएको छ। मेयर बसन्त बस्नेत र स्थानिय बासिन्दा बीच बिहान १३ बुदामा सहमति भए सङै बिहिवार देखिको बिबाद समाधान भएको छ।

डम्म्पिङ साइट् नभएको कारण नगर क्षेत्रको फोहोर नगरको वडा नम्बर १२ को बिसनपुर र त्रिबेणि टोलको आसपासको खाली ठाउँमा ब्यबस्थापन गरीदै आएको थियोे ।स्थानिय बासिन्दाहरुले आफ्नो टोल बस्ती फोहोरको कारण दुर्गन्धित भएको र रोग ब्याधि फैलने खतरा रहेको भन्दै फोहोर अन्यत्र ब्यबस्थापन गर्न माग राख्दै आएका थिए ।

उनिहरुको बिरोधको कारण बिहिवार नगर क्षेत्रको फोहोर ब्यबस्थापनमा समस्या आए पछी बजारको फोहोर उठ्न सकेको थिएन ।तर बिहा सहमति भए सङ्गै फोहोर साबिककै ठाउमा लगेर फ्याकिएको प्रशासन कर्मचारी उमेश थापाले बताए ।

नगरप्रमुख बस्नेतले गाउलेहरु सङ सहमति भएको बताए ।ऊनीहरुले राखेको सबै माग पुरा गर्ने प्रतिबद्धता जनाएको बस्नेतले बताए ।आउदो बैशाख सम्म ब्यबस्थित डम्मिङ साइट बनाएर फोहोर अन्यत्र सार्ने र अहिले फोहोर फ्याकदै गरेको स्थानमा चारै तर्फ बाट घेराबेरा गरी ब्यबस्थित गरिने कुहिने फोहोर खाल्टो, खनेर गाड्ने , गाउलेहरुको नियमित स्वास्थ जाच गरीने , दुइ जना नगर प्रहरीलाई फोहर फ्याक्ने स्थानमा खटाइने, स्वास्थ बिमाको ब्यबस्था , नियमित औसधि छर्किनु पर्ने लगाएतका माग अघि सारेकोमा सबै पुरा गर्ने मेयर बस्नेत बताए ।

कुनै ठुलो उनिहरुको माग थिएन, हामीले तत्काल लै सम्बोधन गर्ने भएका छौ ।उनले भने ।अहिले डम्पिङ साइट निर्माण गर्ने केहि समस्या भएकोले आगामी बैशाख सम्म फोहोर अन्यत्र सार्न पायक पर्ने ठाउमा डम्पिङ साइट निर्माण गर्ने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्