०७ साउन २०८१, सोमबार

वडाअध्यक्ष खड्काको उपचारको क्रममा निधन

कान्छो खवर । शुक्रबार, आषाढ ०८, २०८१

गाईघाट ७ असार ।

बेलका नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष पदम खड्काको बिहिवार राति १०.३० बजे शिक्षण अस्पताल काठमाडौमा उपचारको क्रममा निधन भएको छ। गत जेष्ठ २९ गते सुनसरीको नहडा मिलन चौकमा सिटि सफारीको ठक्कर बाट गम्भीर रूपमा घाइते भएका खड्काको उपचारको क्रममा निधन भएको मेयर अशोक कुमार कार्कीले बताए ।

सुनसरीको इटहरी बाट रामपुर फर्कदै गर्दा ऊनी सवार मोटरसाइकललाई सिटिसफारीले बीच सडकमा ठक्कर दिदा ऊनी गम्भीर रूपमा घाइते भएका थिए ।धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्थानमा उपचार पछी उनलाई थप उपचारको लागि काठमाडौ लगिएको थियोे ।

टाउकोमा चोट लागेको कारण उनलाई ब्रेन ह्याम्रेज भएको मेयर कार्कीले बताए । खड्काको अहिले शिक्षण अस्पतालमा पोस्टमार्टम भैरहेको छ।उनको शब आज साझ आईपुग्ने र सनिवार बिहान सप्तकोसीमा दाहसस्कार गरीने मेयर कार्कीले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्