१८ मंसिर २०८१, मंगलबार

शिक्षक द्वारा कटारीमा विद्यार्थी माथि दुव्र्यवहार

कान्छो खवर । बिहिबार, आषाढ ०७, २०८१

गाईघाट ६ असार ।

कटारीको एक सामुदायिक बिद्य्यालयमा शिक्षक बाटै एक छात्र माथि दुव्र्यवहार भएको घटना बाहिरीएको छ ।गत मंगलबारको उक्त घटना सामाजिक संजाल फेसबूक मार्फत बाहिरीए पछि शिक्षक माथि कार्बाहि गर्न चर्को दबाब परेको छ।

कटारी नगरपालिका २ स्थित कमला प्राबि खोक्सामा कक्षा ३ मा अध्यन गर्ने ७ बर्षिय बालकलाई सोही बिध्यालयका करार शिक्षक नातिबाबु भट्टराईले कपि लिएर नआएको निहुमा उनको गालामा मार्कर पेनले ठुलो ठुलो अक्षरमा ” मेरो कपि छैन ” भन्ने शब्द लेखी दुव्र्यवहार गरेका थिए ।
सबै विद्यार्थीको अगाडि शिक्षक भट्टराईले दुव्र्यवहार गर्दै कक्षा बाट बालक लाई बाहिर समेत निकालेका थिए ।कोठा बाट बाहिरीए पछी उनि सरासर घर लागेका थिए ।

धेरैले बालकको फोटो खिचेर फेसबूकमा हालेर छोराको बदनाम गराएको पीडितका बाबुले भने ।मेरो आर्थिक हैसियत निकै कम्जोर छ, मैले कपि कलम किनेर दिन सकेको छैन ।उनले भने ।कपि नल्याएको भन्दै शिक्षकले यसरी मेरो छोराको सार्बजनिक रूपमा दुव्र्यवहार गर्न हुदैन थियोे ।उनले भने ।बरु म छोरालाई बिध्यालय बाट निकालेर घरमै राख्थे , उनले भने ।

मेयर राजेशचन्द्र श्रेष्ठले बिध्यार्थिमाथि भएको दुव्र्यवहारको घटनाले आफु निकै दुखी भएको बताए ।मैले घटनाको बारे आजै मात्र थाहा पाए , अब ति शिक्षक माथि कडा कार्बाहि गर्छु ।उनले भने ।अब ति बालकलाई नगरपालिकाले सबै खर्च दिएर पढाइदिने समेत उनले बताए ।

वडाअध्यक्ष प्रेम थापाले शिक्षक भट्टराईले बिहीबार पीडित बालकको घरमा गएर माफी मागेको बताए ।आज बिहान ऊनी आएर माफी मागेर अब देखि येस्तो गलती नगर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्