०७ साउन २०८१, सोमबार

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

कान्छो खवर । बिहिबार, आषाढ ०७, २०८१

गाईघाट ६ असार ।

लेनदेन मुद्दामा अदालत बाट कैद जरिवानाको फैसला भै फरार रहेका एक प्रतिवादी पक्राउ परेका छ्न ।ईलाका प्रहरी कार्यालय जलजले बाट खटिएको प्रहरी टोलिले सप्तरीको सुरुङगा नगरपालिका ७ बिसनपट्टिका ५८ बर्षिय बन्धुलाल चौधरीलाई बुधबार साझ पक्राउ गरेको हो ।

घरमा लुकेर बसेको बेला प्रहरीले चौधरीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश थापाले बताए ।लेनदेन मुद्दामा जिल्ला अदालत उदयपुरले चौधरीलाई २ बर्ष कैद र ५ लाख ६० हजार जरिवाना गर्ने फैसला गरेको थियो । चौधरी भने लामो समय देखि फरार थिए ।

चौधरीलाई फैसला कार्यान्वयनको लागि अदालतमा बुझाईएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्