०७ साउन २०८१, सोमबार

राम्रो र हेर्दै चिल्लो देखिने स्याउ पनि भित्र बिग्रेको हुनसक्ने

कान्छो खवर । बुधबार, आषाढ ०६, २०८१

राईले ल्याएको बिग्रीएको स्याउ

गाईघाट ५ असार ।
बाहिर बाट हेर्दा राम्रो र चिल्लो देखेर कतै तपाई पनि फलफूल पसलमा गएर स्याउ त किनिरहनु भएको छैन ? होश गर्नु होस अहिले बजारमा राम्रो भनेर किनेर ल्याएको स्याउ घरमा लगेर काटेर खाने बेलामा किरा लागेर हुहिएको भेटिए पछी अहिले उपोभक्ता आफु ठगिएको महसुस गर्न थालेका छ्न ।

दुई दिन अघि पुरानो गाईघाटका मिनकुमार राईले बजार बाट किनेर ल्याएको स्याउ घरमा काटेर खाने बेलामा भित्र पुरै कुहिएको फेला पारेका थिए ।बजारमा अरु भन्दा केहि महँगो बाहिर हेर्दा चिल्लो र राम्रो देखेर किनेको स्याउ घरमा काट्ने क्रममा स्याउ भित्र पुरै सडेर कालो भएको राईले बताए । अब कसरी बिश्वास गर्नु , बाहिर हेर्दा राम्रो देखिए पनि भित्र पुरै बिग्रीएको हुन्छ भनेर ।उनले भने ।अब त किन्दै काटेर हेर्नु पर्ने बेला भयो ।राईले भने ।

उनले बजारको ठेलामा राखेर बिक्रि गर्दै आउने ब्यापारी बाट स्याउ किनेको बताए । आफैंले छानेर किनेको स्याउ त बिग्रेको हुन्छ भने अब कसरी ब्यापारीको बिश्वास गर्नु ।उनले भने ।अब बजारमा पाइने फलफूलको कसरी बिश्वास गर्नु ।राईले भने ।

गाईघाटका अगुवा स्याउ बिक्रेता देबनारायण साह हलुवाईले ब्यापारी बाट कुनै बदमासी नभएको बताए ।बाहिर बाट ल्याएको स्याउ सबै राम्रो रहेकोेले ब्यापारीले बिक्रि गर्ने गरेको उनले बताए ।हामी बिग्रेको र खराब फ्याकेर राम्रो मात्रै बिक्रि गर्छौ , त्यसमा पनि ग्राहकलाई छानीछानी किन्न दिने गरेका छौं ।साहले भने ।

यहाँ कमेन्ट गर्नुहोस्