०७ साउन २०८१, सोमबार

धापलाङ स्थित सुनकोशीमा बन्दै गरेको पक्की पुलको पिल्लर बाङ्गीयो

कान्छो खवर । सोमबार, आषाढ ०४, २०८१

फोटो : साभार अपुपोस्ट

गाईघाट ३ असार ।
धापलाङघाट स्थित सुनकोशीमा निर्माणधिन पक्की पुलको खोटाङ तर्फको पिल्लर बाङ्गीएको छ । त्रियुगा नगरपालिका १४ साउने र बराहपोखरी खोटाङ २ सुन्तले स्थित सिमाको कोशीमा बन्दै गरेको पुलको पिल्लर बाङ्गीएर नदि तर्फ ढल्किएको बराहपोखरी गापका अध्यक्ष सालिकराम बन्जाराले बताए ।

उनले खोटाङ तर्फ बन्दै गरेको पुलको पिल्लर बाङ्गीएर नदि तर्फ ढल्किएको बताए । पाईल फाउन्डेसन बनाउने क्रममा खोटाङ तर्फ फर्काइएको पानीको बहाब बढी हुदा तीब्र रूपमा भैरहेको जमीन कटानले पुलको पिल्लर बाङ्गीएको हुन सक्ने स्थानिय मुकेश राईले बताए ।

उनले पिल्लर बाङ्गीएको कारण लामो समय देखि बन्न नसकेको पुलको काम समेत प्रभावित हुन जाने बताए ।पाइल फाउन्डेसन गर्ने बेला कोसीको बहाबलाई उतर तर्फ फर्काउदा पिल्लरमा क्षेति पुगेको राईले बताए ।

गाउपालिकाका अध्यक्ष बन्जाराले पिल्लर बाङ्गीए पछि पुलको गुणस्तरमा सङ्खा उब्जिएको बताए ।अब हामीले पुल निर्माणको काममा धेरै भन्दा धेरै चासो राखेर अनुगमन थाल्नु पर्ने बेला आएको छ, उनलेे भने ।बन्दै गरेको पुलको पिल्लर अहिले कोशीमा बाढी आएको छैन , कसरी बाङ्गी यो अब खोजीनिति गर्ने तर्फ लाग्ने उनले भने ।

पुलको ठेक्का लागेको ७ बर्ष पछी मात्र पाइल फाउन्डेसन प्रबिधिमा आधारित पुलको डिजाइन परिवर्तन गरिएको छ ।२०७६ भित्रै पुल निर्माण गरि सक्नु पर्ने गरि २०७४ मा रसुवा एसएनएस पप्पु जेभिले पुलको ठेक्का लिएको थियो ।तर उसले २०८० देखि मात्र पुलको काम सुरु गरेको थियोे ।

सडक बिभाग पुल सेक्टर धरान , सुनसरीका योजना प्रमुख दारोगा प्रसादले पुलको पिल्लर बाङ्गीएको बारेमा आफुलाई थाहा नभएको बताए ।मलाई कुनै जानकारी आएको छैन , पिल्लर बाङ्गीएको विषयमा साइट इन्जिनियर सङ जानकारी लिनेेछु । उनले भने ।

यहाँ कमेन्ट गर्नुहोस्