०७ साउन २०८१, सोमबार

बेलका नगरपालिका ९ का वडाअध्यक्ष खड्का सडक दुर्घटनामा गम्भीर रूपमा घाइते , उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगियो

कान्छो खवर । बिहिबार, जेठ ३१, २०८१

हेलिकप्टर मार्फत खड्कालाई काठमाडौ लगिदै

गाईघाट ३१ जेष्ठ ।

सडक दुर्घटनामा परी गम्भीर रूपमा घाइते भएका बेलका नगरपालिका ९ का वडाअध्यक्ष पदम खड्कालाई बिहिवार दिउसो उपचारको लागि काठमाडौ लगिएको छ।

इटहरी देखि रामपुर तर्फ फर्कदै गर्दा खड्काले चलाउदै गरेको मोटरसाइकललाई बुधबार राति ८ बजे सुनसरीको नहडा मिलन चौकमा सिटिसफारीले ठक्कर दिदा गम्भीर रूपमा घाइते भएका उनको धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा उपचारको लागि भर्ना गरीएकोमा उनलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए ।

दुर्घटनामा परी खड्काको हेड इन्जुरी भएको रहेछ , चिकित्सकको परामर्श र सल्लाहमा काठमाडौ स्थित नर्भिक अस्पतालमा उपचारको लागि लगिएको मेयर कार्कीले बताए । अहिले टाउकोको शल्यक्रिया गर्ने तयारी भैरहेको उनले बताए । आजै शल्यक्रिया हुने जानकारी समेत पाएको कार्कीले बताए ।

अध्यक्ष खड्कालाई ठक्कर दिने सिटिसफारीका चालकलाई प्रहरीले राति नै पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्