०२ फाल्गुण २०८१, शुक्रबार

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

कान्छो खवर । बुधबार, जेठ ३०, २०८१

गाईघाट ३० जेष्ठ ।

प्रहरीले बैङकिङ कसुर मुद्दामा फरार एक प्रतिवादी पक्राउ गरेको छ।विभिन्न ठाँउ बाट सुन लगायत बहुमुल्य सामान किन्ने क्रममा पसलमा केही नगद दिएर बाकी पैसा चेक मार्फत भुक्तानी गर्ने भन्दै खातामा पैसा नभएको चेक दिएर ब्यापारीलाई ठगि गर्ने बाग्लुङ साबिक दर्लिङ गाउपालिका ३ स्थायि घर भै काठमाडौ महानगरपालिका १० बस्ने बर्ष ३६ को सागर न्येउपाने भन्ने बाबुराम उपाध्यय पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीको फरार सुचिमा रहेको उनलाई गाईघाट बजार बाट सोमबार जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलिले पक्राउ गरेको बुधबार सार्वजनिक गरिएको प्रेस नोटमा जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्