०७ साउन २०८१, सोमबार

कुबेतको कामदार बस्ने भबनमा आगलागी ,४३ कामदारको मृत्यु

कान्छो खवर । बुधबार, जेठ ३०, २०८१

फोटो : साभार कान्तिपुर

काठमाडौ ३० जेष्ठ ।

कुबेतस्थित एक कामदार बस्ने भबनमा आगलागी हुदा कम्तीमा ४३ कामदारको मृत्यु भएको छ।कुबेतको एनबीटीसी कम्पनीमा कार्यरत मजदुर बस्दै आएको माङगाफ स्थित एक भबनमा बुधबार बिहान ४.३० बजे आगलागी भएको थियोे ।आगलागी बाट घाइते ४८ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छ्न ।

क्याम्पको तल्लो तलामा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको ति सन्चार माध्यमहरुले जनाएका छ्न ।उक्त क्याम्पमा १६० मजदुर बस्दै आएका थिए ।क्याम्पमा नेपाली कामदार समेत बस्दै आएका थिए । घटना मा कुन , कुन देशको मजदुरको मृत्यु भएको बारे केहि खुलेको छैन ।घाइते धेरै जसो भारतीय मजदुर भएको कुबेत सरकारले जनाएको छ ।

केबेत स्थित नेपाली राजदुतावासले नेपाली कामदारको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको जनाएको छ। कुबेत प्रहरी सङ समन्वय गरेर घटनामा नेपाली कामदार परे नपरेको बारे खोजी भैरहेको जनाएको छ।

आगलागीको घटना पछी कुबेत सरकारले भबनका मालिक , सुरक्षागार्ड र एनबीटीसी कम्पनीका मालिकलाई पक्राउ आदेश दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्