०४ आषाढ २०८१, सोमबार

गाजा सहित २ जना पक्राउ

कान्छो खवर । मंगलबार, जेठ २९, २०८१

गाईघाट २९ जेष्ठ ।

प्रहरीले गाजा सहित दुई जनालाई मंगलबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर बाट खटिएको प्रहरी टोलिले ६७ केजी २२ ग्राम गाजा सहित उदयपुरगढि गाउपालिका ७ अजिभ्रेका बर्ष ६० का लालबहादुर तामाङ र सोही वडा चुपुम्फाका ५२ बर्षका दिलबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उदयपुरगढिको दमाईकोटि तर्फ लादै गरेको अबस्थामा प्रहरीले चियाबारी चुपुम्फा बाट उनिहरुलाई गाजा सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ।ऊनीहरुले बोरामा लुकाएर लादै गरेको अबस्थामा गाजा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।

पक्राउ परेका उनिहरुलाई मंगलबार जिल्ला अदालत उदयपुर बाट ४ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्