०४ आषाढ २०८१, सोमबार

मलेसियामा उदयपुरकी एक महिलाको मृत्यु

कान्छो खवर । मंगलबार, जेठ २९, २०८१

फोटो सामाजिक सन्जाल

गाईघाट २९ जेष्ठ ।

उदयपुर बेलकाकी एक महिलाको आइतबार मलेसियामा मृत्यु भएको छ।वैदेशिक रोजगारीमा २ बर्ष अघि मलेसिया गएकी बेलका नगरपालिका ५ सुपाडे बस्ने बर्ष ३१ की सीता राईको सामान्य बिरामी भएर मृत्यु भएको गाउले सीताराम राईले बताए ।

एपेन्डिसाइडको शल्यक्रिया गरेर आराम गरेर बसेको बेला अचानक स्वास्थमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरेको थियोे ।उनको उपचारको क्रममा मृत्यु भएको हो ।मृतककी पति वैदेशिक रोजगारीमा अहिले युएईमा रहेको बेलकाका नगरप्रमुख अशोक कार्कीले बताए ।

मृतक सीताको एक ९ बर्षिय छोरा रहेको उनले बताए ।मलेसिया बाट शब ल्याउने तयारी भैरहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्