०४ आषाढ २०८१, सोमबार

कोशीले बगाएर मृत्यु भएका बालबालिकाको परिबारलाई नगरप्रमुख बस्नेतले दिए राहत

कान्छो खवर । आइतबार, जेठ २७, २०८१

गाईघाट २७ जेष्ठ ।

दुध कोशीमा नुहाउने क्रममा डुबेर मृत्यु भएका तीन बालबालिकाको परिबारलाई त्रियुगा नगरपालिकाले नगद २५ हजारको दरले राहत उपलब्ध गराएको छ ।
नगरप्रमुख बसन्त बस्नेतले पीडित परिबारको घर मै पुगेर सनिवार राहत रकम परिबारका आफन्तलाई दिएका हुन ।गत चैत ११ गते होली खेलेर कोशीमा नुहाउन गएका बालबालिकाको समुहका तीन जना बगेर बेपत्ता भएकोमा बर्ष ९ का रीदम मगर , बर्ष १२ का लोक बहादुर मगर र ११ बर्षिया रेखा पुलामी मगरको मृत्यु भएको थियोे ।

त्रियुगा नगरपालिका १४ साउनेका उनीहरुको ३ दिन पछी कोसीमा शब फेला परेको थियोे । नगरप्रमुख बस्नेतले थोरै रकम भए पनि अहिले आएर पीडित परिबारलाई सहयोग गर्न पाउदा आफुलाई खुशी लागेको बताए । उनले राहत उपलब्ध गराउने क्रममा मृतक बालबालिकाको नाम बाट नगरपालिकाले अक्षयकोश स्थापना गरिदिने प्रतिबद्धता गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्