०४ आषाढ २०८१, सोमबार

क्रिकेट संघ कटारीलाई नगरपालिकाको १ लाख ५० हजार बराबरको खेल सामाग्री

कान्छो खवर । बुधबार, जेठ २३, २०८१

गाईघाट २३ जेष्ठ ।

कटारी नगरपालिकाले बुधबार कटारी क्रिकेट क्लबलाई १ लाख ५० हजार बराबरको क्रिकेट खेल सामाग्रीहरु उपलब्ध गराएको छ ।नगरपालिकामा दिउसो आयोजित एक कार्यक्रममा मेयर राजेशचन्द्र श्रेष्ठले उक्त खेल सामाग्रीहरु संघलाई हस्तान्तरण गरेका हुन ।

जनता सग मेयर कार्यक्रम अन्तरगत खेल सामाग्रीहरु उपलब्ध गराएको मेयर श्रेष्ठले बताए ।उनले क्रिकेट खेलको बिकासमा सहयोग पुगोस् भन्ने उदेश्यले नगरपालिकाले खेल सामाग्रीहरु उपलब्ध गराएको बताए ।

अहिले नेपालले क्रिकेटमा निकै सफलता हासिल गरीरहेको छ, खेलाडीलाई थप हौसला बढोस् भनेर सहयोग गरेको उनलेे बताए ।खेल क्षेत्रको बिकाशको लागि आगामी दिनमा नगरपालिकाले थप सहयोग गर्ने उनले बताए ।

नगरपालिकाले क्रिकेटब्याट , ग्लोब ,बल, हेडगार्ड लगायतका सामाग्री उपलब्ध गराएको क्रिकेट संघ कटारीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्