३१ भाद्र २०८१, सोमबार

एकै दिन ५८० केजी गाजा बरामद

कान्छो खवर । सोमबार, जेठ २१, २०८१

फोटो : बिक्रम

गाईघाट २१ जेष्ठ ।
शसस्त्र प्रहरीले एकै दिन ठुलो परिणाममा गाजा बरामद गरेको छ ।उदयपुरको बेलका नगरपालिका ८ सिसौलीघाट स्थित जङ्गल बाट आइतबार बिहान २८० केजी र बेलुका ३०० केजी गाजा बरामद गरेको हो ।

भारत तर्फ लैजान जङ्गलमा लुकाएर राखेको भन्ने सूचनाको आधारमा रामपुर बाट खटिएको शसस्त्र प्रहरीको टोलिले उक्त परिणामको गाजा बरामद गरेको शसस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए ।

बिहान भेटिएको ठाउ भन्दा केहि पर ७ वटा प्लास्टिकको बोरामा प्याकिङ गरि लुकाएर राखेको अबस्थामा गाजा भेटीएको थियोे ।बिहान भने ६ वटा बोरामा राखेको गाजा बरामद भएको हो । १३ वटा बोरामा ५८० केजि गाजा रहेको थापाले बताए ।

उनले गाजा बरामद भए पनि ओसारपसारमा सङ्लग्न ब्यक्ति भने पक्राउ नभएको बताए ।हामीले गाजा कारोबारीको खोजी गरिरहेका छौं , उनलेे भने ।बिगतमा पनि सिसौलीघाट नाका हुदै भारत तर्फ गाजाको कारोबार हुदै आइरहेको उनले बताए ।गाजाको कारोबार संगठित रूपमा हुँदै आइरहेको आइरहेको स्थानिय सनबीर राईले बताए ।उनले भारतीय र स्थानिय तस्करको ठुलो समुह बाट गाजाको तस्करी हुने गरेको बताए ।

तस्करी खुलेआम हुन थाले पछि बिगत ६/ ७ बर्ष देखि भोजपुरको तल्लो भेग र कोसी टप्पु आसपासमा गाजाको खेती हुने गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्