०२ फाल्गुण २०८१, शुक्रबार

२ सय ८० केजी गाजा बरामद

कान्छो खवर । आइतबार, जेठ २०, २०८१

गाईघाट २० जेष्ठ ।

शसस्त्र प्रहरीले आईतवार बिहान जङ्गलमा लुकाएर राखेको झन्डै २ सय ८० केजी गाजा बरामद गरेको छ। बिशेस सूचनाको आधारमा रामपुर बाट गस्तीमा गएको प्रहरी टोलिले बेलका नगरपालिका ८ सिसौलिघाट नजीकको जङ्गल बाट बिहान ७ बजे ६ वटा बोरामा प्याकिङ गरेर राखेको अबस्थामा गाजा बरामद गरेको हो ।

प्रहरीले गाजा संगै एउटा सानो ठेला गाडी र २ वटा ट्युब पनि बरामद गरेको जनाएको छ।कतै देखि ठेलागाडिमा राखेर गाजा ल्याएको र कोसी हुदै भारत तर्फ तस्करी गर्न जङ्गलमा गाजा लुकाएर राखेको आशका गरिएको छ। बिगतमा पनि सिसौलिघाटमा धेरै पटक गाजा बरामद गरिएको थियोे ।

भोजपुरको तल्लो क्षेत्र र बेलकाको सिसौलिघाट , कोसीटप्पु र आसपासको क्षेत्रमा ब्याबसायिक रूपमा गाजा खेती हुँदै आएको छ ।प्रहरीले बर्सेनि गाजाखेतिलाई निरुत्साहित गर्न गाजा फडानि अभियान चलाउदै आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्