३१ भाद्र २०८१, सोमबार

सिद्धिचरण राजमार्गको स्तरउन्नतिको लागि १ अरब ५ करोड

कान्छो खवर । बुधबार, जेठ १६, २०८१

गाईघाट १६ जेष्ठ ।

मिर्चैया – कटारी – घुर्मी सडकखण्डको लागि १ अरब ५ करोड रुपैया छुट्याइएको छ। २०८१/८२ को बजेटमा उक्त सडकखण्ड स्तरउन्नतिको लागि सरकारले पहिलो पटक रकम छुट्टाएको हो । स्थानियले पटकपटक जिर्ण सडकमा बजेट लगाउन माग गरेको भए पनि सरकारले अहिलेसम्म उक्त राजमार्गको लागि लामो समय देखि बजेट नछुट्याएर बेवास्ता गरेको थियोे ।

हामीले यो बाटोको स्तरउन्नतिको लागि निकै पटक केन्द्रमा गएर गएर माग राखेका थियौ , तर कहिले पनि कुनै सरकारले बजेट हालेको थिएन ।कटारी नगरपालिकाका मेयर राजेश श्रेष्ठले बताए ।तर अहिले हामीले सोचे भन्दा बढी बजेट परेको छ।उनले भने ।

सबै राजनीति दल र स्थानिय बासिन्दाको प्रयासमा यो पटक बाटोको लागि बजेट पर्न सकेको मेयर श्रेष्ठले बताए ।

सगरमाथाको द्वार भनिने उक्त राजमार्ग नेपाली सेनाले निर्माण गरेको थियोे ।लामो समय देखि मर्मत सम्भार नहुदा सडक निकै जिर्ण बनेको छ। जिर्ण सडक कै कारण सवारी दुर्घटना बढी हुदा अहिले सम्म जनधनको ठुलो क्षेति भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्