०४ आषाढ २०८१, सोमबार

पशु बिकास अधिकृतको निधन , बुधबार सार्बजनिक बिदा

कान्छो खवर । मंगलबार, जेठ १५, २०८१

गाईघाट १५ जेष्ठ ।

चौदन्डिगढि नगरपालिकाले कर्मचारीको निधनमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नगरपालिकामा कार्यरत पशु बिकास अधिकृत दशरथ दासको सोमबार भएको निधनमा कार्यलयले बिदा दिन लागेको हो ।
मुखको क्यान्सर बाट पीडित दासको गत पौष महिना देखि काठमाडौमा उपचार हुदै आएको थियोे ।५४ बर्षिय दासको उपचारको क्रममा निधन भएको मेयर कालुमान तामाङले बताए । कर्मचारीको निधनमा सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए ।

सप्तरीको राजबिराज घर भएका स्व. दासको श्रीमती , दुई छोरा एक छोरी रहेका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्