३१ भाद्र २०८१, सोमबार

खुनडाका मुद्दाका फरार तीन जना पक्राउ

कान्छो खवर । मंगलबार, जेठ १५, २०८१

फोटो :डम्बर सिह राई

गाईघाट १५ जेष्ठ ।

खोटाङ प्रहरीले खुन डाका मुद्दामा जन्म कैदको सजाय पाएका फरार तीन जनालाई पक्राउ गरेको छ।आइतबार पक्राउ परेका ऊनीहरुलाई सोमबार फैसला कार्यन्बयनको लागि जेल चलान गरिएको छ।

२०६८ चैत ४ गते केपिलासगढि गाउपालिका ४ बाक्सिलाका मनराज सुनुवारको हत्यामा सङ्लग्न सोही गाप ७ सुङदेलका ५७ बर्षिय भिमबहादुर राई ,५८ बर्षिय चमार सिह राई र ४३ बर्षिय ताराबहादुर राई लाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
सुङदेलका दानबहादुर राईको घरमा ऊनीहरुले डाका गरि गरगहना , नगद र पुरातात्त्विकका सामग्रीहरु लुटेर भाग्दै गर्दै सोही घरमा सानो कटेरोमा बस्दै आएका सुनुवारले घटना थाहा पाई होहल्ला गर्दा लुटेरा समूहले सुनुवारको तत्काल हत्या गरेका थिए ।हत्या पछी उनको शब ५० मिटर तल फ्याकिएको अबस्थामा भेटिएको थियोे ।

२०६८ चैत १२ मा पक्राउ परेका ऊनीहरुलाई जिल्ला अदालत खोटाङले सर्बस्वसहित जन्मकैदको फैसला गरेपछि उनीहरु जेल चलान भएका थिए ।तर २०७३ भदौ २०मा पुनराबेदन अदालत राजबिराजले ऊनीहरुलाई डाका गरेको कसुरमा जनहि १ लाख ३० हजार ५ सय रुपैया जरिवाना गर्ने फैसला सुनाए पछि ऊनीहरु जरिवाना तिरेर छुटेका थिए ।

फेरी २०७९ माघ १५ मा सर्बोच्च अदालतले जन्मकैदको फैसला गरे पछि फरार रहेका ऊनीहरुलाई लुकिछिपि बसेको बेला पक्राउ गरीएको खड्काले बताए ।सर्बोच्चले भिमबहादुरलाई १४ बर्ष , चमार सिहलाई १४ बर्ष र ताराबहादुरलाई १३ बर्ष ११ महिना १४ दिन कैद गर्ने फैसला भएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्