०४ आषाढ २०८१, सोमबार

मोटरसाइकल चोरी गरेको आरोपमा एक युवा पक्राउ

कान्छो खवर । सोमबार, जेठ १४, २०८१

गाईघाट १४ जेष्ठ ।

घरमै पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरेको आरोपमा खोटाङका एक युवा पक्राउ परेका छन् ।त्रियुगा नगरपालिका १२ सोनापुर बाट जेष्ठ १० गते राति हराएको प्रदेश-१-०५-००१ प २४६० को मोटरसाइकल चोरी गर्ने खोटाङ दिक्तेल मझुवागढि नगरपालिका १७ का २६ बर्षिय अर्जुन प्रधानलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

उनले चोरी गरेको पल्सर मोटरसाइकल त्रिनपा११ इनार चोक स्थित एक वर्कशप बाट सनिवार प्रहरीले बरामद गरेको थियोे ।उनले मोटरसाइकल मर्मतको लागि वर्कशपमा ल्याएको खुलेको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।

खोटाङमा समेत चोरी प्रधानले चोरी गरेको खुल्न आएको छ।उनले खसी , किराना पसल र ब्यक्तिको नगद समेतको चोरी गरेको जिल्ला प्रहरी खोटाङमा मुद्दा दायर भएको पाइएको छ ।चोरी पछी उनि फरार थिए ।

प्रहरीले जिल्ला अदालत उदयपुर बाट सोमबार ६ दिनको म्याद थप गरी चोरी सम्बन्धि कसुरमा अनुसन्धान सुरु गरेको चापागाईंले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्