कान्छो खवर । आइतबार, जेठ १३, २०८१
गाईघाट १३ जेष्ठ ।
४ हजार २ सय बचतकर्ताको झन्डै ५० करोड रुपैया अपचलन गर्ने तुलसी बचत ऋण सहकारीका अध्यक्ष केदार शर्मा विरुद्ध सम्पत्ति शुद्धीकरण बिभागले ३३ अर्ब रुपैयाको बिगो सहित मुद्दा चलाउने तयारी गरेको छ।
विभिन्न सहकारी बाट सर्बसाधरणको अर्बौं रुपैया निक्षेप हिनामिना गरेका शिबशिखर बहुउद्देश्यीय सहकारीका संचालक समेत रहेका ऊनी विरुद्ध मुद्दा चलाउने तयारी भएको हो ।सहकारीको रकम दुरुपयोग गरेको आरोपमा प्रहरी हिरासतमा रहेका शर्मा , उनकी पत्नी गीता सहित ८ जना र कम्पनी विरुद्ध बिभागले ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार बिगो दाबी गर्दै मुद्दा चलाउन प्रतिबेदन तयार गरेको छ।
शर्माले सहकारीको रकम दुरुपयोग गरि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुस्टि भएको पाइए पछि बिभागले मुद्दा चलाउन लागेको हो ।शर्मा विरुद्ध २२ अर्ब ८१ करोड ९२ लाख , पत्नी गीता विरुद्ध ५२ करोड ३३ लाख , सबिना न्यौपाने , मन्दिप खबास , तेजबहादुर तामाङ ,पुस्कर मल्ल , शुशीला बानिया, प्रदीप भट्टराई सहित केदार र गीताको नाममा दर्ता भएका कम्पनी विरुद्ध ९ अर्ब ५६ करोड २६ लाख रुपैयाको बिगो दाबी गरिएको बिभागले जनाएको छ।
बिभागले बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी २ बर्ष देखि १५ बर्ष कैद तथा शुद्धिकरण गरिएको बिगो जफत गर्ने माग दाबी गरिएको जनाएको छ।शर्मा विरुद्ध शिबशिखर र तुलसी सहकारी मार्फत मुलुक भरी ३५ जिल्लामा शाखा बिस्तार गरेर बचतकर्ताको अर्बौं रकम अपचलन गरेको आरोप छ।
शर्माले २२ अर्ब ८१ करोड , गिताको नाममा दर्ता भएको कम्पनी मार्फत ९ अर्ब ५६ करोड रुपैया शुद्धीकरण गरिएको अनुसन्धानको क्रममा फेला परेको बिभागको दाबी छ।शर्माले शिखर अर्गनाइजेसन , शिबशिखर एग्रो लगायत १ दर्जन बढी कम्पनी खोलेर ५ अर्ब १३ करोड रुपैया , गार्डेन मार्ट तुलसी मोटरपम्प , तुलसी अनुसन्धान केन्द्र , तुलसी राईस एन्ड च्युरा उधोग लगायतका कम्पनीको नाममा २ अर्ब १६ करोड रुपैया कृत्रिम ऋण मार्फत अपचलन गरेको बिभागको दाबी छ।
शर्माले भारतमा नेपा शिखर अर्गनाइजेसन ईन्डिया लिमिटेड र म्यानमारको यागुनमा गोल्डेन एभरेस्ट कम्पनी दर्ता गरेर सन्चालन गर्दै आइरहेको बिभागले जनाएको छ। शर्माले नेपालको विभिन्न बैंक बाट ५ अर्बुद रुपैया ऋण लिएकको भेटिएको छ।
४ बर्ष अघि गाईघाटमा बढी ब्याज दिने भन्दै शर्माले तुलसी बचत तथा ऋण सहकारी खोलेर कारोबार सुरु गरेका थिए ।आक्रमक तरिकाले कारोबार सुरु गरेका उनको सहकारीमा बढी ब्याज पाइने लोभमा अन्य बैंकमा राखेको पैसा निकालि सर्बसाधरणले रकम जम्मा गरेका थिए ।सर्बसाधरणले सहकारीमा ५० हजार देखि ४ करोड सम्म जम्मा गरेकाछ्न
तुलसी सहकारीको त्रियुगा नगरपालिका ११ गाईघाट बजारमा ४ तल्ले भबन र जिल्लामा ५ सय रोपनी जग्गा र गार्डेनमार्ट नामको डिपार्टमेन्ट स्टोर समेत रहेको छ।