कान्छो खवर । आइतबार, जेठ १३, २०८१

गाईघाट १३ जेष्ठ
२२ औं कृष्ण सेन इच्छुक स्मृति दिबसको अबसरमा आईतवार प्रेस सेन्टर नेपाल उदयपुर शाखाले जिल्ला अस्पताल उदयपुरमा ४० जना बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुले बिहान अस्पतालमा पुगेर बिरामीहरुलाई फलफूल वितरण गरेको सेन्टरले जनाएको छ ।फलफूल वितरण कार्यक्रममा सेन्टरका केन्द्रिय सदस्यहरु महेश्वर चाम्लिङ , भोटराज राई र हरि कुमार राईको समेत उपस्थिति रहेको थियोे ।जिल्ला अस्पतालका प्रमुख मेसु डा. ज्ञानेन्द्र झाले समेत फलफूल वितरण गरेका थिए ।
प्रेस सेन्टरले हरेक बर्ष जेष्ठ १३ मा कृष्ण सेनको स्मृतिमा विभिन्न कार्यक्रमको आयोजना गरि दिबस मनाउने गरेको छ। पत्रकार एबम कबि समेत रहेका इच्छुकलाई माओवादी द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरेर हत्या गरेका थिए ।उनै सेनको सम्झनामा हरेक बर्ष प्रेस सेन्टर नेपालले दिबस मनाउदै आएको छ।