२० कार्तिक २०८१, मंगलबार

नियमित खोप लगाउन छुटेका उदयपुरका १९ हजार ५३३ बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने

५ बर्ष देखि ८ बर्ष उमेर समुहका बालबालिकाको लागि

कान्छो खवर । बुधबार, जेठ ०९, २०८१

गाईघाट ९ जेष्ठ ।

रास्ट्रिय खोप अभियान २०८०/०८१ अंतरगत पोलियो विरुद्धको खोप कार्यक्रम यहि जेष्ठ १३ देखि २१ जेष्ठ सम्म दुई चरण सुरु गर्न लागिएको बुधबार आयोजित अन्तरक्रियामा जानकारी गराइएको छ।

बिश्वबाट पोलियो रोग उन्मुलन भएको घोषणा नभए सम्म पोलियो रोगको संक्रमण फैलन नदिने प्रतिकारात्मक उपाय ओपीभी र आईपीभी खोप ५ देखि ८ बर्ष सम्म उमेरका बालबालिकालाई लगाइने खोपसुपरभाईजर चिरञ्जीवी निरौलाले बताए ।

खोप समन्वय समिति एबम सन्चारकर्मिहरु सङको अंतरक्रिया कार्यक्रममा उनले नियमित खोप लगाउन छुटेका २०७३ बैशाख महिना देखि २०७५ असोज सम्म जन्मेका ५ बर्ष देखि ८ बर्षका बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने बताए ।

जिल्लाको आठ वटै तहमा दुइ चरणमा पोलियो खोप लगाइने र यसको लागि सबै तयारी पुरा भैसकेको उनले बताए ।मुलुक भरि १४ लाख ६२ हजार ७१२ जना लाई पोलियो विरुद्धको खोप लगाउने लक्ष्य रहेकोमा उदयपुरमा भने १९ हजार ५३३ जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्