०४ आषाढ २०८१, सोमबार

बलात्कारको मुद्दा फिर्ता नलिए पछि किशोरीमाथि गोलि प्रहार

कान्छो खवर । मंगलबार, जेठ ०८, २०८१

सान्केतिक फोटाे

गाईघाट ८ जेष्ठ ।

कक्षा १२ को परीक्षा दिएर डेरा तर्फ फर्कदै गर्दा बैशाख १२ गते दमकमा गोलि प्रहार बाट गम्भीर घाइते भएकी योजना नाम परिवर्तन को २ बर्ष अघि बलात्कार भएको खुलासा भएको छ। उनलाई शिक्षक अमित यादवले बलात्कार गरेको भन्दै यादव विरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७९ साउन ५ गते जाहेरी परेको पीडित किशोरीको आफन्तले बताएका छ्न।

उदयपुरको लिम्चुङबुङ गाउकी ती युबती २०७९ को एसईइको परीक्षा दिएर कम्प्युटर सिक्न गाईघाट आएकी थिएन ।नातेदारकोमा बसेर कम्प्युटर सिकीरहेको बेला २०७९ असार २७ मा उनलाई लिन बुबा आएका थिए ।बुबाले उनै शिक्षकको मोटरसाइकल लिएर लिन आए पछि ऊनी शिक्षक संगै घर लागेकी थिएन ।घर लजादै गर्दा राति वास बसेकै घरमा ऊनी माथि यादवले जबर्जस्ती बलात्कार गरेको किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

जाहेरी परेको थाहा पाएर घटना पछि फरार छ्न ।प्रहरीले बलात्कार मुद्दा दर्ता गरे पछी अनुसन्धान सुरु गरेर उनको खोजी कार्य जारी राखेको भए पनि यादव पक्राउ पर्न सकेका छैन् ।यादवले बलात्कार मुद्दामा जाहेरी परे पछि पीडित परीबारलाई विभिन्न माध्यम बाट मुद्दा फिर्ता लिन दबाब दिदै आएका थिए ।तर पीडितले मुद्दा कुनै पनि हालत फिर्ता नलिने अड्डि कसे पछि यादवले ज्यान मार्ने धम्की पटक पटक दिएको पीडितकि दिदीले बताइन।

मुद्दा फिर्ता नलिएकै कारण बहिनी माथि यादवले गोली प्रहार गरिएको उनले बताइन। परीक्षा दिएर डेरा तर्फ फर्कदै गर्दा दमक नगरपालिका ५ को जेष्ठ नागरिक भबन अगाडिको सडक क्षेउमा बैशाख २१ गते दिउसो गोलि हानिएको थियोे ।उनलाई गर्धनमा पेस्तोल तेर्साएर पहिले मुद्दा फिर्ता लिन भनिएको थियोे ।किशोरीले मुद्दा  फिर्ता नलिने भने पछी भुइँमा लडाएर पेटमा गोलि हानिएको थियोे ।

घटना लगत्तै अभियुक्त फरार थिए ।अस्पतालमा उपचारको क्रममा पीडित किशोरीले प्रहरीलाई बिगतमा भएको घटनाको बिस्तृत जानकारी दिएकी थिएन ।सिराहाको सजुवानेन्काबटि गाउपालिका ५ का बासिन्दा यादव त्यति बेला करारका शिक्षक थिए ।लिम्चुङबुङ गाउपालिका ३ बराह स्थित सिर्वानि माबिमा यादव गणित र अङ्ग्रेजी पढाउथे ।शिक्षक भएको नाताले पीडित परीबार सङ उनको राम्रो सम्बन्ध थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले यादब विरुद्ध पहिलै बलात्कार मुद्दामा जाहेरी परेर मुद्दा  चलिरहेको जनाएको छ। जाहेरी परे पछी मुद्दा दर्ता गरेर अभियुक्तको खोजी प्रहरीले गरिरहेको एसपि रमेश थापाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्