०४ आषाढ २०८१, सोमबार

हावाहुरीको कारण त्रियुगा नगर छेत्रमा झन्डै ४० लाख बराबरको क्षति , ५० घरटहरा भत्किएको

कान्छो खवर । आइतबार, जेठ ०६, २०८१

गाईघाट ६ जेष्ठ ।

आइतबार बिहान बर्षा संगै आएको हावाहुरीको कारण त्रियुगा नगरमा झन्डै ४० लाख मुल्य बराबरको क्षति भएको छ। प्रहरीले गरेको प्रारम्भिक रिपोर्ट अनुसार नगरपालिका छेत्रमा मात्रै ५० घर टहरा हावाहुरी र बर्षाले भत्काउदा ३९ लाख ११ हजार बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।

उनले हावाहुरीले नगरपालिकाको वडा नम्बर ३ मा ९ घर ,४ मा ८ घर ,७ मा ५ घर ,८ मा २१ घर र १० मा १ घर र वडा न. १३ मा ५ घरलाई क्षति गरेको बताए । हावा हुरी संगैको चट्याङ लागेर एक महिलाको मृत्यु भएको तर कुनै पशु चौपायालाई हानी नोक्सानी नभएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्