०४ आषाढ २०८१, सोमबार

चट्याङ लागेर रौतामाईमा एक महिलाको मृत्यु

कान्छो खवर । आइतबार, जेठ ०६, २०८१

गाईघाट ६ जेष्ठ ।

चट्याङ लागेर आइतबार बिहान उदयपुरको रौतामाईमा एक महिलाको मृत्यु भएको छ । तिब्र रूपमा आएको हावाहुरी र बर्षा संगैको चट्याङ लागेर रौतामाई गाउपालिका ७ की ५३ बर्षिया चन्द्री तामाङको परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ४.५० बजेको समयमा परेको चट्याङ लागेर सुतिरहेकी परियारको घटनास्थल मै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए । घर नजिकैको रुखको फेदमा परेको चट्याङको झटका परियारको घरमा पुगेर उक्त घटना भएको उनले बताए ।

बिहान करिब ३.२० बजेको समयमा तीब्र रुपमा हावाहुरी र बर्षाले उदयपुरमा धेरै घर टहरा भत्काउनुको साथै अन्नबालि समेत नस्ट गरेको छ। क्षेति धेरै भए पनि बिस्तृत विवरण आइनसकेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्