३१ भाद्र २०८१, सोमबार

हावाहुरीले ३० भन्दा बढी बिधुत पोलमा क्षेति , बिहानै देखि बिधुत अबरुद्ध

कान्छो खवर । आइतबार, जेठ ०६, २०८१

गाईघाट ६ जेष्ठ ।

आइतबार बिहान बर्षा संगैको तिब्र हावाहुरीको कारण विद्युतको पोलमा पुगेको क्षेति बाट जिल्ला भरी बिधुत अबरुद्ध भएको छ ।बिहान ३.२० बजेको समयमा चलेको हावाहुरीले ३० वटा भन्दा बढी बिधुतको पोल ढलेकोले मर्मत सम्भारको काम भैरहेको बिधुत प्राधिकरण उदयपुरका प्रमुख बिजयबाबु खत्रीले बताए ।

उनले जलजले- गाईघाट सडक खण्डको मुख्य ११ हजार हाइटेन्सन लाईनको तीन वटा पोलमा हावाहुरीले लडेको रुखले क्षेति पुर्याएको बताए ।हडिया- जोगिदह क्षेत्रमा ७, कटारीमा ४ साहि खोलामा ३ तीन वटा बिधुतको पोल हावाहुरीले भाचिएको प्राधिकरणले जनाएको छ।

बिधुत अबरुद्ध सुचारु गर्नको लागि बिहानै देखि प्राबिधिक टोलि खटाएर मर्मत सम्भारको काम भैरहेको उनले बताए ।लडेको पोल पुन गाड्न एउटै मात्र मेसिन रहेकोले काममा ढिलाई भैरहेको खत्रीले भने ।उनले बेलुकी ६ बजे सम्ममा मर्मत सम्भारको काम सकेर बिधुत आपूर्ति सुचारु हुने बताए ।
एक्कासि आएको बर्षा संगैको हावाहुरीले बिधुत पोल र तारमा क्षेति पुग्दा प्राधिकरणलाई झन्डै १० लाख बराबरको क्षति भएको प्रमुख खत्रीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्