०४ आषाढ २०८१, सोमबार

२ जनाको ज्यान जाने गरि भएको सवारी दुर्घटना पछी फरार चालक ५ बर्ष पछी पक्राउ

कान्छो खवर । शुक्रबार, जेठ ०४, २०८१

गाईघाट ४ जेष्ठ ।

घटना ५ बर्ष अघिको हो ।उदयपुरको चौदन्डिगढी नगरपालिका ७ लाटीखोला स्थित शनिबारेमा बसाहा देखि बेलटार तर्फ आउदै गरेको टिफर ले स ४ प ३६१ नम्बरको मोटरसाइकललाई पछाडि बाट ठक्कर दिदा मोटरसाइकल चालक र पछाडी बसेका दुबै जनाको घटनास्थल मै ज्यान गयो । घटना पछि टिफर चालक फरार भए । प्रहरीले उनको खोजी कार्य जारी राख्यो , प्रहरीले लामो समय पछि बिहिवार फरार रहेका ति चालकलाई पक्राउ गरेको छ।

दुर्घटना पछि फरार रहेका बा.२ क ७०९ नम्बरको टिफरका चालक २६ बर्षिय सरोज प्रजा चेपाङ बिहिवार दिउँसो चितबन भन्डरा राप्ती नगरपालिका ६ बाट पक्राउ परेका छ्न । उनलाई उदयपुर बाट गएको प्रहरी टोलीले घर बाट नै पक्राउ गरि ल्याइएको छ।

२०७६ असार ४ गते बिहान ८ बजेको उक्त दुर्घटनामा ४७ बर्षिय खगेन्द्र राई र बर्ष ४७ कै जिबन कुमार साम्पाङ राईको घटना स्थल मै मृत्यु भएको थियोे ।ऊनीहरु दुबै बसाहा बजारका युवाहरु थिए ।

लामो समय देखिको खोजी कार्यले अभियुक्त पक्राउ गर्न सफलता मिलेको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।ऊनी प्रहरीको आखा छल्दै हिडिरहेको सुराक मिलेकोले पक्राउ गर्न सकिएको उनले बताए ।रसुवा कम्पनी प्रालिमा आबद्ध चेपाङलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइएको छ । उनि माथी अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्