०९ जेठ २०८१, बुधबार

३१ औ मदन आस्रित स्मृति दिबसमा २३६ जना कैदी बन्दिको आखा जाच गरियो

कान्छो खवर । बिहिबार, जेठ ०३, २०८१

गाईघाट ३ जेष्ठ ।

३१ औं मदन आश्रित स्मृति दिबसको अबसरमा बिहीबार जिल्ला कारागार उदयपुरका २३६ जना कैदी बन्दिहरुको निशुल्क आखा जाच गरिएको छ। कारागारका २२४ पुरुष र १२ जना महिलाहरु लाई आखा विशेषज्ञ द्वारा आखा जाच गरिएको नेत्र ज्योति संघ मदन भण्डारी आखा अस्पतालका अध्यक्ष भागबत राउतले बताए ।जाचको क्रममा बिरामीहरुलाई निशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियोे ।

मदन भण्डारी फाउन्डेसन उदयपुर र नेपाल नेत्र ज्योति संघ मदन भण्डारी आखा अस्पताल उदयपुरको आयोजनामा भएको उक्त कार्यक्रममा कोशी प्रदेश सभाकी उप – सभामुख सृजना दनुवार , प्रदेश सदस्य गीता रेग्मी रुप- मेयर महेस्वरी राई र एमाले पार्टी अध्यक्ष भागबत राउतको उपस्थिति रहेको थियोे ।कार्यक्रममा उनिहरुले स्व भण्डारी र आस्रितको ब्यक्तित्व माथि चर्चा गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्