१० जेठ २०८१, बिहिबार

बैंक सुरक्षागार्डको हत्यामा सङ्लग्न एक पक्राउ

कान्छो खवर । सोमबार, बैशाख ३१, २०८१

अभियुक्त सुबेदी

गाईघाट ३१ बैशाख ।

सप्तरीको फत्तेपुरमा भएको बैंक सुरक्षागार्डको हत्यामा सङ्लग्न एक अभियुक्तलाई प्रहरीले सार्बजनिक गरेको छ ।चितबन प्रहरीको सहयोगमा पक्राउ गरिएको सप्तरीको सप्तकोसी नगरपालिका ५ का बर्ष ३२ का चन्द्र बहादुर सुबेदीलाई हिजो सप्तरी प्रहरीले सार्बजनिक गरेको हो ।

शसस्त्र प्रहरीका पुर्ब जवान समेत रहेका सुबेदीले नेपाल बैंक लिमिटेड फत्तेपुर शाखामा पैसा लूटपात गर्ने उदेश्यले बिहिवार बिहान३.३० बजे बैक भित्र प्रबेस गरि ड्युटीमा रहेका सुरक्षागार्ड सप्तकोसी नपा २ का परसुराम फुयालको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरी जनाएको छ।

हत्या पछी फरार रहेका उनलाई बैंकको सिसिक्यामेराको अध्यन बाट प्रहरीले पक्राउ गरेको हो ।उनलाई घटनाको ३ दिन पछी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेले बताए ।पक्राउ परेका उनको साथ बाट हत्यामा प्रयोग गरिएको खुकुरी , झोला , जुत्ता , हेक्सोब्लेड , रिन्च , पिलास , डोरी , रड लगाएका सामाग्री बरामद गरिएको उनले बताए ।

पैसा लुट्ने उदेश्यले बैंक पसेका सुबेदीले बैंकगार्डको कारण आफ्नो मिसन पुरा नहुने भए पछी अन्त्यमा उनै गार्डको हत्या गरेको खुलेको नेउपानेले बताए । सुबेदी र फुयाल नजीकका नातेदार रहेको समेत खुल्न आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्