३१ भाद्र २०८१, सोमबार

रशिया – युक्रेन लडाइँमा उदयपुरका एक युवाको मृत्यु , परिबारले मृत्युको खबर पाएर कुशको शब बनाएर अन्त्येष्ति गरे

कान्छो खवर । शुक्रबार, बैशाख २८, २०८१

फोटो :ऋषि

गाईघाट २८ बैशाख ।

रुसी सेनामा भर्ना भएर युक्रेन सङको लडाइँमा होमिएका उदयपुर कटारीका एक युवाको मृत्यु भएको खबर पाए पछी परिबारका सदस्यहरुले कुशको शब बनाएर अन्त्येष्ति गरेका छ्न ।

६ महिला अघि रुसी सेनामा भर्ना भएका कटारी नगरपालिका ५ भुल्केका ३८ बर्षिय ओमबहादुर मगरको बैशाख २२ गते सनिवार बङ्कर भित्र बिस्फोट भएर मृत्यु भएको जानकारी ऊनी संगै काम गर्ने साथी बाट आए पछी परिबारले बुधबार जातीय परम्परा बाट अन्त्येष्ति गरेको वडाअध्यक्ष मोहन तामाङले बताए ।

मंगलबार रसिया बाट फोन आएको रहेछ , ऊनी संगै काम गर्ने सुर्खेतका बिक्रम् सुनुवारले घटनाको जानकारी गराएका रहेछन् ।उनले भने ।परिबारका सदस्यहरुले त्यसैलाई आधिकारिक मानेर अन्त्येष्ति गरेकको तामाङले बताए ।तर नेपाल सरकार बाट आधिकारिक रूपमा कुनै जानकारी नआएको उनले बताए ।

नेपाली सेनाका पुर्ब जवान समेत रहेका मगरले आफु रसियाका सेनालाई तालिम दिन जान लागेको भनेर श्रीमतीलाई हिड्ने बेलामा भनेका थिए ।उता पुगेको केहि दिन पछी नै आफु पनि लडाइँमा संगै जानु परेको भनेर फोन गर्नु भएको श्रीमती बिन्दुले बताईन ।उनले त्यस् पछि घर आउन भनेको तर अहिले श्रीमानको मृत्यु भएको खबर आएको बताइन् ।

मैले धेरै खतरा भए तुरुन्तै घर फिर्ता हुन भनेको थिए , वहाले पनि मिलाएर आउछु भन्नु भएको थियोे ।तर अहिले नराम्रो समाचार सुन्नु पर्यो। उनले भनीन ।

श्रीमती, ३ छोरी र १४ महिने छोरा रहेका मगरको मृत्युको खबरले अहिले पुरै भुल्के गाउ शोकमा डुबेको छ।

यहाँ कमेन्ट गर्नुहोस्