०९ जेठ २०८१, बुधबार

झापामा उदयपुरकि एक छात्रा माथि आक्रमण

कान्छो खवर । शुक्रबार, बैशाख २१, २०८१

गाईघाट २१ बैशाख ।

झापाको दमकमा शुक्रबार दिउसो परिक्षा दिएर डेरा फर्कदै गरेकी एक छात्रा माथि आक्रमण भएको छ ।उदयपुरको लिम्चुङबुङ ३ घर भै दमक ५ मा डेरा लिएर बस्दै आएकी १८ बर्षिया एनिका अधिकारी माथि दमक नगरपालिका ५ स्थित जेष्ठ नागरिक भबन अगाडि आक्रमण भएको हो ।

पेटना घाउचोट लागेको उनले आफु माथि गोलि प्रहार भएको बताएकी छिन ।घटनास्थलमा गोलि चलेको आबज समेत सुनिएको थियोे , तर गोलि चलेको कसैले नदेखेको प्रहरी जनाएको छ। पेटमा लागेको घाउ गोलि लागेको जस्तो नदेखिएको प्रहरीले जनाए पनि ऊनी माथि हतियार बाट आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

हिमालय माबि परिक्षा केन्द्रबाट कक्षा १२ को परिक्षा दिएर डेरा फर्केने क्रममा ऊनी माथि सिराहाका अमित कुमार यादवले गोलि हानेको पीडित छात्राले बताएकी छिन ।गोलि हानेर यादव फरार भएकाछ्न ।ऊनी माथि किन गोलि हानिएको भन्ने बारे केही खुलेको छैन ।घाइतेको उपचार भैरहेको अहिले पुरै जानकारी नआएको सशस्त्र प्रहरीका एसपि कबिन्द्र राईले बताए ।

घाइते उनको अहिले लाईफ लाइन अस्पताल दमकमा उपचार भैरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्