१० जेठ २०८१, बिहिबार

त्रियुगाको भातिखर्कमा आगलागी , एक घर जलेर नष्ट

कान्छो खवर । बिहिबार, बैशाख २०, २०८१

गाईघाट २० बैशाख ।

त्रियुगा नगरपालिका १३ भातिखर्क स्थित जगत बहादुर राईको दुइ तल्ले काठको घरमा बिहिवार ११ .३० बजे आगलागि भएको छ ।अचानक लागेको आगलागी बाट घरमा रहेको खाद्यान्न , लत्ताकपडा , भाडाबर्तन गरि झन्डै २ लाखको क्षेति भएको प्रहरीले जनाएको छ ।

घरमा आगो कसरी लाग्यो भन्ने बारे केहि खुल्न सकेको छैन ।स्थानिय बासिन्दा , प्रहरी र त्रियुगा नगरपालिकाको दमकमको सहयोगमा झन्डै आधा घन्टा पछि आगो निभाइएको प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्