०९ जेठ २०८१, बुधबार

विद्युत सर्ट भएर रौतामाईमा आगलागि हुदा २ घर जलेर नष्ट

कान्छो खवर । शुक्रबार, बैशाख १४, २०८१

गाईघाट १४ बैशाख ।

उदयपुरको रौतामाई गाउपालिकाको दोर्जेलिङमा बिहिवार दिउसो बिधुत सर्ट भै आगलागि हुदा २ वटा घर जलेर नष्ट भएको छ साथै २० लाख मुल्य बराबरको क्षेति भएको छ।

रौतामाई ७ स्थित दोर्जेलिङका खडग बहादुर कटुवाल र निजका छोरा बिष्नुको २ वटा घर २ वटा गुवालि र बाख्राको खोर सहित घरमा रहेको खाद्यान्न , धनमाल लत्ताकपडा आगलागि बाट जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

दिउँसो घरमा कोहि नभएको बेला आगलागि हुदा उनिहरुले घर भित्रका कुनै सामानहरु निकाल्न नपाएको वडा अध्यक्ष दिपेन्द्र दाहालले बताए ।पीडित परिबारलाई वडाले त्रिपाल , चामल , दाल लगायतका खाद्यान्न उपलब्ध गराएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्