०९ जेठ २०८१, बुधबार

गाडीको ठक्कर बाट एक युवाको मृत्यु

कान्छो खवर । शुक्रबार, बैशाख ०७, २०८१

गाईघाट ७ बैशाख ।

मदन भण्डारी राजमार्ग अंतरगतको त्रियुगा नगरपालिका ९ राजाबास सडक खण्डमा आज बिहान गाडीको ठक्कर बाट एक युवाको मृत्यु भएको छ ।

घर बाट बिहान मर्निङवाकमा निस्केको त्रियुगा नपा ९ राजाबासका २४ बर्षिय बबि दनुवारको गाडीको ठक्कर बाट बिहान ३ बजे घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दनुवारलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन । केहि समय देखि निकै ब्यस्त उक्त सडक खण्डमा २४ औं घन्टा सवारी साधन चल्ने गरेको छ ।दनुवारलाई ठक्कर दिएर फरार भएको सवारी साधनको खोजी भैरहेको एसपि रमेश थापाले बताए ।

केहि सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ , उनले भने ।अहिले सम्म ठक्कर दिने गाडी पत्ता लागेको छैन ।उनले भने ।मृतक दनुवारको शब पोस्टमार्टमको लागि अहिले जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्