१० जेठ २०८१, बिहिबार

ट्रक दुर्घटनामा चालकको मृत्यु

कान्छो खवर । बुधबार, बैशाख ०५, २०८१

साङ्केतिक फोटो

गाईघाट ५ बैशाख ।

उदयपुरको उदयपुरगढि गाउपालिका ७ स्थित मदन भण्डारी लोकमार्गमा मंगलबार राति भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ।

पश्चिम् देखि पुर्ब तर्फ आउदै गरेको ग १ ख ४७५३ नम्बरको ट्रक ओरालोमा ब्रेक फेल भएर राति १० बजे सडक देखि तल खस्दा गम्भीर घाइते भएका चितबन राप्ती नगरपालिका ६ का २८ बर्षिय सन्देश चौधरीको जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । चालकको शब पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ। मृतकको आफन्त आए पछि शब बुझाउने प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्