०९ जेठ २०८१, बुधबार

युवक हत्याको आरोपमा खोटाङमा ३ जना पक्राउ

कान्छो खवर । सोमबार, बैशाख ०३, २०८१

गाईघाट ४ बैशाख ।

युवकलाई छुरा प्रहार गरि हत्या गरेको अभियोगमा खोटाङमा ३ जना पक्राउ परेकाछ्न । नया बर्षमा सनिवार दिक्तेल रुपाकोट मझुवागढि ११ खार्मिको निभारेमा धनजित राईको हत्या भएको थियोे ।उक्त हत्यामा सङ्लङ्ग स्थानिय २२ बर्षिय बिकास राई ,२० बर्षिय आसन राई र २८ बर्षिय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको कमान्डमा खटिएको प्रहरी टोलिले रुपाकोट मझुवा १० पाथेकाको भुसुन्डाका धनपति राईको घरमा लुकेर बसेको उनिहरुलाई बिहान ८ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनिहरुलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा दायर गरि अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

स्थानिय तिलक बहादुर बस्नेतको मकै बारिमा छुरा प्रहार बाट राईको घटना स्थलमै मृत्यु भएको थियोे । मादक पदार्थ सेबन गरि उनिहरुले राईको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकाछ्न ।

यहाँ कमेन्ट गर्नुहोस्