०९ जेठ २०८१, बुधबार

कोशिमा हाम्फालेर आत्माहत्या गर्न खोज्ने युवकको प्रहरी द्वारा उद्धार

कान्छो खवर । आइतबार, बैशाख ०२, २०८१

गाईघाट २ बैशाख ।

सप्तकोसीमा हामफालेर आत्महत्या गर्न खोज्ने एक युबकको सकुशल उद्धार गरिएको छ । आइतबार बिहान ९.५५ बजेको समयमा उदयपुर र सुनसरीको सिमा स्थित कोसी पुल बाट कोशीमा हामफाल्ने बेलका नगरपालिका ४ लालबजारका ३१ बर्षिय मनोज कार्कीलाई प्रहरी र कोशीमा चल्ने पानीजहाजका पाइलटको सङयुक्त टोलीले तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ।

युवकको चतरा अस्पतालमा उपचार भैरहेको छ ।उनले के कारणले आत्माहत्या गर्न खोजेको भन्ने बारे केहि खुलेको छैन । उनको अवस्था अहिले सामान्य रहेको कोशी बाट स्थानिय सनबिर राईले बताए । उनले युवक कोशीमा हामफालेको जानकारी भए लगत्तै कोठु स्थित प्रहरी चौकि बाट प्रहरी टोलि उद्धारमा खटिएको थियोे ।प्रहरी टोलिले सप्तकोसीमा चल्ने पानीजहाजका पाइलटको मद्दत बाट युवकलाई बाहिर निकालेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्