०९ जेठ २०८१, बुधबार

खोटाङमा छुरा प्रहार बाट एक युवाको मृत्यु

कान्छो खवर । आइतबार, बैशाख ०२, २०८१

गाईघाट २ बैशाख ।

खोटाङमा सनिवार राति छुरा प्रहार बाट एक युवकको मृत्यु भएको छ।तीन जनाको समुहमा रहेका युवाहरुले छुरा प्रहार गरि खोटाङ रुपाकोट मझुवागढि ११ खार्मिस्थित नेवारेका ३१ बर्षिय धनजित राईको हत्या गरेको प्रहरीले जनाएको छ।

स्थानिय भिम बहादुर राईको मकै बारीमा उनिहरुले राईलाई राति ८ बजे छुरा प्रहार गर्दा उनको घटना घटना स्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषाेतम खड्काले बताए ।घटना पछि उक्त समुह फरार रहेकोले उनिहरुको खोजीमा प्रहरी परिचालन गरिएको उनले बताए ।

शबको पोस्टमार्टमको लागि अस्पताल लगिएको र घटनाको अनुसन्धान भैरहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्