०९ जेठ २०८१, बुधबार

ओखलढुंगामा चट्याङ लागेर एकको मृत्यु

कान्छो खवर । शुक्रबार, चैत्र ३०, २०८०

गाईघाट ३० चैत ।

ओखलढुङ्गामा बिहिवार साझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।साझ पख हावाहुरि संगै परेको चट्याङ लागेर खिजिदेम्बा गाउपालिका ४ लोसाका ३८ बर्षिय बमन बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमा बसिरहेको बेला बेलुकी ७ बजे अचानक ऊनी माथी चट्याङ पर्दा ढलेर बेहोस भएका तामाङको केहि बेर पछि नै घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिहले बताए ।तामाङको शब पोस्टमार्टम पछी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्