०९ जेठ २०८१, बुधबार

गाईघाटमा छुट्टै सडक कार्यालय खोल्न मन्त्री सङ माग

कान्छो खवर । बिहिबार, चैत्र २९, २०८०

गाईघाट २९ चैत ।

उदयपुरको बेलका नगरपालिकाका पुर्ब मेयर दुर्गा थापाको नेतृत्वमा गएको टोलिले भौतिक पुर्बधार तथा यातायात मन्त्री रघुबिर महासेठ सङ भेट गरि सडक डिभिजन कार्यालय उदयपुरमा स्थापना गर्न माग गरेको छ।

जिल्ला सबन्बय समिति उदयपुरको छैठौं जिल्ला सभा बाट पारित सडक डिभिजन कार्यलय गाईघाटमा स्थापना गर्न मन्त्रालयलाई लेखी पठाउने निर्णय अनुसार पुर्ब मेयर थापा नेतृत्वको टोलि बुधबार मन्त्री सेठ कहा डेलिगेसन गएको हो ।थापाले मन्त्री सङ जिल्लाको बिकट भौतिक कारण लहान सडक कार्यालय बाट अनुगमन र सुपरीक्षणमा समस्या भैरहेकोले गाईघाटमै जिल्ला हेर्नको लागि अर्को कार्यालय स्थापना गर्न माग गरेका थिए ।

जिल्ला सभाले जिल्लाको ताप्लि , लिम्चुङबुङ र रौतामाई गाउपालिकाको बिकट स्थानमा सडक निर्माण र मर्मत सम्भारको कामहरु भैरहेको र सडक निर्माण र मर्मतको सेवा लिन लहान धाइरहनु पर्ने भएको , समयमा योजना सम्पन्न नहुने , अनुगमन र सुपरीबेक्षण तथा भुक्तानी लिन समस्या हुने भएको कारण उल्लेख गर्दै गाईघाट सडक कार्यालय स्थापना गर्न भौतिक पुर्बधार मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको थियो ।सोही निर्णय कार्यान्वयन गराउनको लागि आफ्नो नेतृत्वमा डेलिगेसन गएको थापाले बताए ।

उनले उप- प्रधानमन्त्री समेत रहेका सेठले गाईघाटमा सडक कार्यालय स्थापनाको लागि आबश्यक तयारी सुरु गर्ने आश्वासन दिएको बताए ।हाम्रो मागमा मन्त्रीले गहिरिएर चासो राख्नु मात्र भएन चाडो भन्दा चाडो काम गर्छु भन्नु भएको छ ।थापाले भने ।

लहानमा रहेको सडक डिभिजनले अहिले सिरहा , सप्तरी र उदयपुर जिल्लामा सडक निर्माणको काम गर्दै आएको छ। लहान कार्यालय हुदा निर्माण ब्यबसायिहरुले आफुहरुलाई समस्या भैरहेको भन्दै बिगत देखि नै जिल्ला हेर्न छुट्टै कार्यालय गाईघाटमा स्थापनाको माग गर्दै आइरहेको थिए , तर अहिले सम्म उनिहरुले उठाउदै आएको माग पुरा हुन नसकेको निर्माण ब्यबसायि संघ उदयपुरका अध्यक्ष कौसल आचार्यले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्