कान्छो खवर । बुधबार, चैत्र २८, २०८०
गाईघाट २८ ।
त्रियुगा नगरपालिका ५ दमौटि स्थित जनता माध्यमिक बिधालयमा आर्थिक चलखेल गरेर गैरकानुनी तरिका बाट शिक्षक नियुक्ति गरिएको छ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानध्यापकको मिलोमतोमा शिक्षक नियुक्ति गरिएको हो ।
राहत कोटामा कार्यरत शिक्षक सुभाष थापाले स्थायि दरबन्दीमा नाम निकालेर अन्यत्र गए पछी रिक्त रहेको उक्त पदमा बिना प्रतिस्पर्धा बिद्यालयले अर्को शिक्षक गैरकानुनी रूपमा नियुक्ति गरेको हो ।यसरी नियुक्ति गरिदा प्रअ रमानन्द चौधरीले र समितिका अध्यक्ष कुबेर गरङ्जा मगर शिक्षक बाट रकम लिएको गाउलहरुको भनाइ रहेको छ ।
बिद्यालयले अर्को शिक्षक नियुक्ति गर्दा पत्रपत्रीकामा सूचना ननिकालि सिधै नया ब्यक्तिलाई बिना प्रतिस्पर्धा शिक्षकमा नियुक्ति गरेको समर मगरले बताए ।उनले अहिले सो बिषयमा नगर शिक्षामा उजुरी गर्न २ दिन देखि प्रयास गरेको तर सम्बन्धित फाटका कर्मचारीले आलटाल गरेर उजुरी नलिएको बताए ।उनले जसरी भए पनि गैरकानुनि रूपमा भएको शिक्षक नियुक्ति खारेज गरि प्रतिस्पर्धा बाट पुन शिक्षक नियुक्ति गर्न सबै गाउलेहरुको माग रहेको बताए ।
प्रअ चौधरीलेले नियुक्ति प्रक्रियामा त्रुटि भएको स्वीकार गरेकाछ्न ।उनले अहिले नियुक्ति गरिएको शिक्षक एक बर्ष अघि बैकल्पिकमा नाम निकालेकोले उनैलाई नियुक्ति गरिएको बताए ।प्रक्रिया मिलेको रहेनछ , हामिले गलत मनसाय राखेर भने शिक्षक नियुक्ति गरेका छैनौं ।उनले भने ।