०९ जेठ २०८१, बुधबार

रेडक्रस कटारी नगर शाखाले आगलागी पीडितलाई राहत उपलब्ध गरायो

कान्छो खवर । मंगलबार, चैत्र २७, २०८०

राहत उपलब्ध गराउदै नगर सदस्य श्रेष्ठ

गाईघाट २७ चैत ।

कटारीका आगलागी पीडित परिवारको लागि रेडक्रस सोसाइटी कटारी नगर शाखाले मंगलबार राहत सामाग्री उपलब्ध गराएको छ। पीडित परिवारको लागि खाद्यान्न , लत्ताकपडा , भाडाकुदा र सरसफाइका सामाग्रीहरु रेडक्रस नगर सदस्य अशोक श्रेष्ठले वडा नम्बर १० का सदस्य गणेश श्रेष्ठ मार्फत पीडित परिवारलाई उपलब्ध गराएको हो ।

सोमबार दिउसो कटारी नगरपालिका १० सोरुङछबिसेमा आगलागी हुदा स्थानिय गुमानसिह थापा मगर , नारायण थापा मगर र बेचन थापा मगरको ३ वटा घर गोठ जलेर नष्ट हुनुको साथै १८ वटा बाख्रा मरेको प्रहरीले जनाएको छ । आगलागी बाट झण्डै ६० लाख मुल्य बराबरको क्षे ति भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्