१० जेठ २०८१, बिहिबार

रौतामाइको मालबासेमा आगलागि , एक घर र गोठ जलेर नस्ट

कान्छो खवर । सोमबार, चैत्र २६, २०८०

गाईघाट २६ चैत ।
उदयपुरको रौतामाई गाउपालिका ४ मालबासेमा सोमबार आगलागी हुदा एक घर र गोठ जलेर धनमाल नस्ट भएको छ। गाउ नजिकैको काउले जङ्गलमा डढेलोको कारण सनिवार देखि आगलागी भैरहेकोमा आगो बस्तीमा फैलदा स्थानिय मिन्द्र बहादुर सार्कीको घर जल्दा लत्ताकपडा , नगद , सुन र खाद्यान्न गरि झन्डै एक लाख बराबरको क्षेति भएको गाउले दुर्गा रोकाले बताए ।

त्यसै गरि सोही ठाँउका गोबिन्द भुजेलको गुहालिमामा समेत आगलागी भएको रोकाले बताए ।आगो स्थानिय जुटेर निभाएका थिए । पशु चौपाया हरु लाई तत्काल गाउ बाट बाहिर निकालेर जोगाइएको उनले बताए । गाउपालिकाले पीडित परिबारलाई राहत उपलब्ध गराइएको लेखा अधिकृत भुपध्वज रायमाझीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्